यमनमा राज्य सङ्कटकालको घोषणा
सोमबार, ०१ जेठ २०७४, १६ : ५६
साना, जेठ १ सिते विद्रोहीहरुको बलियो प्रभाव रहेको यमनी राजधानी सानामा हैजाको भीषण प्रकोप सुरु भएपछि राज्य सङ्कटकालको घोषणा गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
हैजाको प्रकोप भीषण रुपमा फैलिन थालेपछि सो कदम चालिएको अधिकारीहरुले जनाएका छन् ।
हुथी विद्रोही समूहद्धारा सञ्चालित स्वास्थ्य मन्त्रीले यस प्रकोप अनियन्त्रित भएको अन्तर्राष्ट्रिय मानवीय सहयोगको लागि अपिल गरिएको जानकारी दिनु भएको छ ।
‘इन्टर नेसनल कमिति अफ द रेड क्रस’का अनुसार गत अप्रिल २७ बाट शनिबारसम्म यस हैजाको कारण ११५ व्यक्तिको मृत्यु भईसकेको छ ।
यस प्रकोपको कारण ८ हजार ५ सय विरामी परेका छन् । अरब विश्वको यस गरिब राष्ट्रमा एक बर्ष भन्दा कम समयमा दोस्रो पटक हैजाको प्रकोप सुरु भएको बताइएको छ । रासस / एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण