बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बेनी नगरपालिकामा एमाले राप्रपाको अग्रताः बेनपा वडा १ मा एमालेको प्यानलै विजयी

सोमबार, ०१ जेठ २०७४, १६ : ४९
सोमबार, ०१ जेठ २०७४
म्याग्दी, १ जेठ –बेनी नगरपालीका १ को वडा अध्यक्षमा नेकपा एमालेका टेकबहादुर रावल निर्वाचित हुनुभएको छ । ६३० मत प्राप्त गरी रावल वडा अध्यक्षमा बिजयी हुनुभएको हो । एमालेकै गौरी थापामगर, खुल्ला सदस्यमा टेकबहादुर थापा, ताराप्रसाद थापामगर र जमुना नेपाली वडा सदस्यमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काँग्रेस माओवादी गठबन्धनको तर्फबाट वडा अध्यक्षका काँग्रेसका उमेद्वार छवीलाल श्रेष्ठले ४०९ र राप्रपाका वडा अध्यक्षका उमेद्वार रामबहादुर थापाले २२२ मत प्राप्त गर्नुभएको छ । तिन वटा मतदान केन्द्र रहेको रत्नेचौरबाट एमालेका मेयर पदका उमेद्वार प्रमोद श्रेष्ठले ७७८, काँग्रेसका हरिकुमार श्रेष्ठले ४५८, उपमेयरमा राप्रपाकी सञ्जु बरुवालले ७१६ र माओवादी केन्द्रकी ज्योती लामिछानेले ३६५ मत प्राप्त गरेका छन । बेनपा १ मा एक हजार ८८५ मतदाता रहेकोमा एक हजार ३७६ मत खसेको थियो । त्यस्तै म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा १मा एमालेको प्यानल विजय भएको छ । एमालेका दिलिप गर्वुजाले ३४१ ले मत प्राप्त गरि बडा अध्यक्षमा विजयी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप