गल्कोट तनावग्रस्त, काँग्रेस र जनमोर्चाबीच झडप, हटिया बजार बन्द
प्रेम सुनार
गुल्मी, जेठ १ - बाग्लुङ्गको गल्कोट नगरपालिकाको मतगणनालाई लिएर हटिय्रा बजार तनाब ग्रस्त बनेको छ । विहान सर्वदलीय बैठक वसी मतगणना गर्ने समयलाई छलफल गर्ने भनिएपनि अहिले सम्म मतगणना सुरु हुन सकेको छैन ।
मतगणना स्थलमा प्रवेश गर्ने विषयलाई लिएर राजनैनित दलका कार्यकर्ताहरुवीच हातहालहातको स्थिति उत्पन्न भएको प्रत्यक्षदर्शीले बताएका छन् ।राष्ट्रिय जनमोर्चाबाट मेयरका उमेदवार टंकबहादुर कसीले मतगणना स्थलमा निर्वाचन अधिकृतले नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई मात्र प्रवेश दिएकोले त्यस्को विरोध गर्दा नेपाली काँग्रेसका कार्यकर्ताले आफना कार्यकर्तामाथि आक्रमण गरेको बताए ।
झडप पछी अहिले हटिया बजारका पसलहरु बन्द भएका छन् । बजार तनावग्रस्त बनेको छ । जनजीवन आतंकित छ । बजारवासी पत्रकार, नागरिक समाज, कोहि बोल्न चाहिरहेको अवस्था छैन ।
कुनै अप्रिय घटना घटेन सक्ने संभावना रहेकोले स्थानीयवासी घरभित्र बसेका छन् । प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे गल्कोट हटियामा उपस्थित रहेकै अवस्थामा हटिया बजार तनावग्रस्त बनेको हो । उनि संग कसैसंग घटनाका बारेमा जानकारी लिन खोज्दा अरुलाई सोध्नुस भनेर पन्छिन खोजेका अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण