बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बनेपाको जनागालमा दुर्घटना, एकको मृत्यु

सोमबार, ०१ जेठ २०७४, १७ : ०७
सोमबार, ०१ जेठ २०७४
काभ्रे, जेठ १– बनेपा नगरपालिका–१२ जनागाल स्थित बनेपा–काठमाडौ सडक खण्डमा बा.३ ख ४३८३ नम्बरको यात्रु बाहक बस र बा.८३ प १६६ नम्बरको मोटरसाइकल सोमबार एक आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चालक खहरपागु–४ बस्ने १९ बर्षीय सुमन तामाङ र मोटरसाइकलमा सवार सागर श्रेष्ठ घाइते भएकोले उपचारको लागि धुलिखेल अस्पताल पठाइएको थियो । उपचारको क्रममा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप