बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मेलम्ची नगरपालिका– १ मा एमाले विजयी

सोमबार, ०१ जेठ २०७४, १७ : २६
सोमबार, ०१ जेठ २०७४
मेलम्ची, जेठ १– मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा ९एमाले०का कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गर्नुभयो । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ । यस्तै मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा ९एमाले०का डम्मर अर्यालले ८०५, नेकपा ९माओवादी केन्द्र्र०का श्याम खड्काले ५१५, राप्रपाका फणिन्द्र दाहालले ३३९ र नेपाली काँग्रेसका आइतमान तामाङले ३०० मत प्राप्त गर्नुभएको छ । यस्तै नगर उपप्रमुखमा नेकपा ९एमाले०का भगवती नेपालले ८३१, नेकपा (माओवादी केन्द्र) का मुनादेवी ढकालले ४२८, राप्रपाका कुमारी तामाङले ३६० र नेपाली काँग्रेसका सविता गुरुङले २६० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिनुभयो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप