उपेन्द्र यादवले भने, ‘बुलेटको जवाफ ब्यालेटले दिन्छौं’
सोमबार, ०१ जेठ २०७४, १७ : २६
काठमाडौ जेठ १– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बुलेटको जवाफ ब्यालेट दिने चेतावनी दिएका छन् ।
मधेश आन्दोलनको समयमा राज्यले मधेशीलाई गोली हानेर हत्या गरेको भन्दै अध्यक्ष यादवले त्यसको जवाफ ब्यालेटबाट दिने बताए ।
आज राजधानीमा संघीय लिम्बुवान पार्टी नेपालसँग एकीकरण घोषणा गर्दै उनले मधेशमा जाँदा धेरैले आफूलाई चुनावमा किन गएको भनि प्रश्न गरेको बताउँदै भने, ‘त्यसको जवाफमा अब यो राज्यलाई ब्यालेटबाट जवाफ दिने बेला आएको छ, चुनावमार्फत शक्ति निर्माण गरि राज्यमाथि धावा बोल्छौं ।’
चुनाव पनि एउटा आन्दोलन हो, चुनावलाई पनि एउटा संघर्षको रुपमा अगाडि बढाउन सकिन्छ भन्दै अध्यक्ष यादवले आन्दोलनको आधारभूमि तयार गर्ने माध्यम चुनाव रहेको बताए ।
‘लोकतन्त्रमा चुनावलाई इन्कार गर्न सकिदैन, राज्यसँग लड्नु नै हो, आदिवासी जनजाति, मधेशीसँग भेदभाव गरेको राज्यसँग चुनावमा भाग लिएर पनि लड्न सकिन्छ’, उनले भने ।
तीन दलले ल्याएको सविधान नश्लीय र विभेदकारी रहेको भन्दै उनले त्यसलाई पुर्नलेखन गर्नुपर्छ भनि पहिलादेखि नै आफूले भन्दै आएको र त्यसबाट आफू पछि नहटेको स्पष्ट पारे ।
सरकारले ल्याएको सविधान संशोधनले केही पनि समस्या समाधान नहुने बताउँदै उनले सरकारले तत्काललाई यो विधेयक पारित गरे बाँकीका लागि पुनः संघर्ष गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण