बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नेपालको यातायात क्षेत्रको विकासमा चीनले सघाउने

सोमबार, ०१ जेठ २०७४, १७ : ३८
सोमबार, ०१ जेठ २०७४
काठमाडौं, जेठ १ – नेपाल र चीनवीच हालै भएको वन बेल्ट वन रोड (ओबीओआर) सम्झौता अनुसार नेपालको यातायात पूर्वाधार विकासमा चीनले सघाउने भएको छ । हालै भएको सो सम्झौता अनुसार वोर्डर पोइन्ट जोड्ने तथा फ्लाइ ओभर, सुरुङ मार्ग लगायतका क्षेत्रमा चीनले सघाउने भएको हो । चीनमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र चिनियाँ समकक्षीवीच सोमबार भएको मन्त्रीस्तरिय भेटमा पनि निनिर्या मन्त्रीले सो प्रतिवद्धता जनाएका छन् । आज विहान ११ वजे भएको दुई मन्त्री विचको भेटमा चिनियाँ मन्त्रीले दुई पक्षिय यातायात सञ्चालन, वोर्डर जोड्ने सडक, रेल तथा सुरुङ मार्ग, फ्लाई ओभरलगायत ती क्षेत्रको विकासका लागि दक्ष जनशक्ति उत्पादनमा समेत चीनले सघाउने जनाएको हो । यी योजनाका लागि चीनले प्रोटेक्ट निमार्ण गरि अघि वढ्ने जनाएको छ । दुई छिमेकी मुलुकविचको यो सम्वन्ध र सहयोगले नेपालको आर्थिक विकासमा नयाँ आयाम थपिने चिनियाँ यातायात तथा पूर्वाधार मन्त्रीले बताएको मन्त्री लेखकका पीए जनक भट्टले वताए । उनका अनुसार चिनियाँ मन्त्रीले यो सहयोगका लागि फोकल पर्सन तोकेका छन् भने नेपालले पनि चीनका लागि नेपाली राजदुत लिलामणी पौडेललाई फोकल पर्सन तोकेको छ । यसअघि नै दुई मुलुकवीच भएको ओबीओआर सम्झौतामा पनि यी क्षेत्रको विकासमा चीनले सहयोग गर्ने जनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप