बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

उम्मेदवार मारिएपछि राप्रपाले निकाल्यो यस्तो विज्ञप्ति

सोमबार, ०१ जेठ २०७४, १७ : ४९
सोमबार, ०१ जेठ २०७४

काठमाडौं, जेठ १– कालिकोटमा सुरक्षाकर्मीको गोली प्रहारबाट राप्रपा उम्मेद्वारको मृत्यु भएको छ । नरहरिनाथ गा.पा. वडा नं. ६ मा राप्रपाका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार बनेका धनरुप बटालाको सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको हो । उनको मृत्युपछि राप्रपाले जारी गरेको विज्ञप्ति यस्तो छः

स्थानीय तह निर्वाचन २०७४ बैशाख ३१ गते नरहरिनाथ गा.पा. वडा नं. ६ सेरापाटा केन्द्र कालिकोटको मतपेटिका लुटपाट तथा आगजनी गर्न एक आतंकारी समुह आएकोले मतपेटिकाको संरक्षण गर्ने क्रममा उक्त गाउँपपालिका वडा नं. ६ को राप्रपाका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार धनरुप बटालाको सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको छ । त्यसमध्ये दानबहादुर बटाला सहित अन्य ४ जना गम्भिर घाइते भएका छन् । यस दुःखद घटनाको राप्रपा घोर भत्र्सना गर्दछ । घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै यथाशिघ्र निशुल्क उपचारका लागि नेपल सरकारसँग जोडदार माग गर्दछौं । साथै मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै मृत आत्माको चिर शान्तिको कामना गर्दछौं । मृतक धनरुप बटालालाई उच्च सम्मानका साथ सहिद घोषणा गरि निजको काजक्रिया गर्न आवश्यक सहयोग गर्न र निजका परिवारको भरण पोषण तथा संरक्षणका साथै उचित क्षतीपूर्ति उपलब्ध गराउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं । शुशिल कुमार श्रेष्ठ प्रवक्ता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप