के एल दुगड समूहको नयाँ प्रिमियम लिटो बजारमा
काठमाडौं, जेठ १–लोकप्रिय ब्राण्ड ज्ञान चक्की आटाका उत्पादक के एल दुगड ग्रुपले मेज आटा (मकैको आटा) मेज ग्रिट (मकैको च्याख्ला) तथा ज्ञान प्रिमियम लिटो बजारमा ल्याएको छ ।
उत्पादनहरु मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय पसलहरुमा ५ केजी र २ केजी प्याकमा उपलब्ध रहेको जनाएको छ ।
ज्ञान मेज आटा उत्कृष्ट कृषि फार्महबाट छानेर ल्याईएको पहेँलो र सेतो मकैको दानाबाट बनेको जनाइएको छ । उच्च कोटिको उत्पादन यूनिटमा प्रोसेसिङ् गरेर तयार पारेको जनाइएको छ । खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाले यसको स्वाद र गुणस्तरको मापन परिक्षण गरि उपभोगको लागि योग्य रहेको वताइएको छ ।
ज्ञान मेज ग्रिट उत्कृष्ट मकैबाट निकै स्वस्थ्य वातावरणमा उच्च स्तरीय उत्पादन यूनिटमा तयार गरिएको जनाइएको छ । ज्ञान प्रिमियम लिटो ठोस सुदृढ पदार्थको रुपमा पहिले नै पकाईएको गहुँ, चामल, भटमासको समिश्रणबाट उत्पादन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण