बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

जुम्लामा माओवादीले खाता खोल्यो

सोमबार, ०१ जेठ २०७४, १९ : २६
सोमबार, ०१ जेठ २०७४
जुम्ला, जेठ १ – जुम्लामा माअोवादी केन्द्रले खाता खाेलेको छ । जुम्लाको गोठीचौर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी भएका छन् । भण्डारी प्रदेश नं ६ अन्तर्गत सम्पन्न निर्वाचनमा विजयी हुने पहिलो अध्यक्ष हुन् । भण्डारीले खसेको तीन हजार ९६६ मतमध्ये एक हजार ५९६ मत ल्याएर विजयी हुनु भएको निर्वाचन अधिकृत मोहनसागर बस्यालले जानकारी दिए ।  उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का क्षेत्रबहादुर भण्डारीले एक हजार ४६७ मत ल्याएर पराजित भए । त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै जानुदेवी ऐडीले एक हजार ५८६ मत ल्याएर विजयी भए । उपाध्यक्षमा उनका प्रतिद्वन्द्वी धनरुपा बुढाले एक हजार ३६५ मत ल्याए । गोठीचौर १, २ र ३ को वडा अध्यक्षमा क्रमशः नेकपा (एमाले) का गणेश ऐडी, पृथ्वीबहादुर बुढा, प्रेमबहादुर बुढाले विजय हात पारेका छन् । त्यसैगरी, ४ र ५ नं वडाको वडाध्यक्षमा माओवादी केन्द्रका जगप्रसाद जैसी र चन्द्रबहादुर नेपालीले जित हासिल गरेको निर्वाचन अधिकृत बस्यालले बताए । उक्त गाउँपालिकामा कुल जम्मा चार हजार ८२३ मतदाता सङ्ख्या थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप