बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अख्तियारले समायो घुस लिँदालिँदै नापी सर्वेक्षक

सोमबार, ०१ जेठ २०७४, १९ : ३६
सोमबार, ०१ जेठ २०७४
सुरुङ्गा (झापा), जेठ १ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छ लाख ८० रुपैयाँ घुस लिँदालिँदै नापी कार्यालय दमकका एक कर्मचारीलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डल रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताए । सेवाग्राहीको रु ३० हजारमा हुने कामका लागि उनले छ लाख ८० हजार रुपैयाँ रकम मागेपछि पक्राउ गरिएको बस्नेतले बताए । मण्डललाई आज दिउँसो अख्तियारको टोलीले उनकै कार्यकक्षबाट रङ्गेहात पक्राउ गरेको हो । दमकका एक जग्गा व्यवसायीको प्लटिङको जग्गाको काम मिलाइदिने भन्दै घुस लिँदालिँदै उनलाई पक्राउ गरेको बताइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप