राष्ट्रपति भण्डारी महिला सशक्तीकरण कार्यक्रममा सहभागी
सोमबार, ०१ जेठ २०७४, २० : १३
शीतलप्रसाद महतो
कोलोम्बो (श्रीलङ्का), जेठ १– श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलंकामा महिला तथा बालबालिका मन्त्रालयले आज कोलोम्बोमा आयोजना गरेको महिला सशक्तीकरण कार्यक्रममा सहभागी भइन ।
सो अवसरमा उनीलाई श्रीलङ्काका महिला तथा बालबालिका मन्त्री चन्द्रानी बन्दराले स्वागत गर्दै उपहार प्रदान गरेको थियो । कार्यक्रममा राष्ट्रपति भण्डारीलाई बाजागाजासहित श्रीलङ्काली मौलिक नाच प्रदर्शन गरेर स्वागत तथा सम्मान गरिएको थियो ।
सो अवसरमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कुनै पनि मुलुकको सर्वाङ्गीण विकासका लागि महिला सशक्तीकरण हुनुपर्नेमा जोड दिँदै दक्षिण एसियाली मुलुकमा साझा समस्याका रुपमा रहेको महिलामाथिको विभेद न्यूनीकरण गर्न साझा प्रयासको खाँचो रहेको बताइन् ।
शान्ति, स्थिरता र विकासका लागि संविधान कार्यान्वयन आवश्यक भएकाले नेपाल सरकार यस कार्यमा लागिपरेको चर्चा गर्दै महिला सशक्तीकरणका क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धिका बारेमा जानकारी गराइन्।
कार्यक्रममा श्रीलङ्काकी महिला तथा बालबालिका कल्याणमन्त्री चन्द्रानी बन्दाराले महिला सहभागिता र सशक्तीकरणका लागि नेपालको नयाँ संविधान उदाहरणीय भएको बताउँदै अरु देशले पनि त्यसको अनुशरण गर्नुपर्नेमा जोड दिइन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण