बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मालीका – १ मा काँग्रेस विजयी

सोमबार, ०१ जेठ २०७४, २० : ३४
सोमबार, ०१ जेठ २०७४
बाबियाचौर (म्याग्दी), जेठ १ मालीका गाउँपालीका– १ वडाध्यक्षमा नेपाली काँग्रेसका टङ्क पुन ४५१ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का वुद्धीबहादुर पुनले २६४ र नेकपा (माओवादी केन्द्र) का गोविन सिउथानीले १३५ मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकाको वडा सदस्यमा समेत काँग्रेसकै मनरुपा पुनमगर, मनकुमारी कामी, दिलकुमारी पुन र लोकबहादुर मल्ल विजयी हुनुभएको छ । यहाँ एक हजार ३३७ मतदाता रहेकामा ९०७ जनाले मतदान गर्नुभएको थियो । यस्तै मालीका गाउँपालीकाको अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकाले ४५१, एमालेका बेगप्रसाद गर्बुजाले २६७ र माओवादी केन्द्रका कमल केसीले १३८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काँग्रेसका विमला रोकाले ४५३, एमालेका खरमाया बिटालुले २६७ र माओवादी केन्द्रका गौरी सेञ्चुरीले १४१ मत प्राप्त गर्नुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप