कांग्रेसको बागीका कारण मुस्ताङको घरपझोङ गाउँपालिकामा एमाले विजयी
सोमबार, ०१ जेठ २०७४, २१ : ३१
जोमसोम, जेठ १– मनाङको चामेबाट विजयी सुरुवात गरेको नेकपा एमालेले मुस्ताङमा पनि जित हात पारेको छ । मुस्ताङ सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाको अध्यक्षमा एमालेका आसबहादुर थकालीमा निर्वाचित भएका छन् ।
थकालीले ४ सय ५४ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका बिजय हिराचनले ४ सय १७ मत प्राप्त गरे । यो गाउँपालिकामा कांग्रेसका बागी उम्मेदवार उठेका थिए ।
वागी उठ्ने उम्मेदवारको पार्टी सदस्यता नै खारेज गर्ने काँग्रेसको विधानमै भए पनि त्यसको प्रवाह नगरी महेन्द्र थकालीले उम्मेदवारी दिएका थिए । थकाली नै हिराचनको मुख्य प्रतिष्पर्धी बने । कांग्रेसका बागी उम्मेदवार थकालीले २ सय ३६ मत प्राप्त गरे । माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार दिनेशलाल थकालीले मात्र ५५ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि एमालेकै शर्मिला गुरुङ निर्वाचित भइन् । उनले ७ सय ७ मत प्राप्त गरिन् । कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार पुष्पा शेरचनले २ सय १५ मत प्राप्त गरिन् ।
यसअघि लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सुबर्णकुमार बिष्ट बिजयी भएका छन् । स्वतन्त्र उम्मेदवार इन्द्रधारा बिष्टलाई पराजित गर्दै सुवर्णकुमारले जित हात पारेका हुन् ।
स्वतन्त्रका इन्द्रधारा बिष्टले ४ सय ९५ मत प्राप्त गरे भने माओबादी केन्द्रका घुर्मीवाङदेल बिष्टले १ सय ८ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकै पेमा डोल्मा बिष्टले ६ सय ५२ मत ल्याइ बिजयी भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण