बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

डोल्पामा कतै मतगणना, कतै विजय उत्सव

सोमबार, ०१ जेठ २०७४, २२ : २३
सोमबार, ०१ जेठ २०७४
दुनै, जेठ १– डोल्पामा कतै मतगणना भइरहेको छ भने कतै विजय र्याली निकालिएका छन् । डोल्पाका त्रिपुरा सुन्दरी नगरपालिका, ठेलीभेरी नगरपालिका र मुड्ेकचुला गाउँपालिकामा मतगणना जारी छ भने काइके गाउँपालिका र जगदुल्ला गाउँपालिकामा मतगणना कार्य सम्पन्न भएको छ । उपल्लो डोल्पाका छार्काताङसोङ र डोल्पोबुद्धमा गाँउपालिकामा मतपेटीका ल्याउन ढिलाई हुँदा सोमवार मतगणना हुन नसकेको र मंगलबार विहानबाट मात्र मतगणना कार्य सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । सोमवार सम्पन्न भएको मतगणनाअनुसार मुड्केचुला गाउँपालिकामा माओवादीका दत्तबहादुर शाही बिजयी भएका छन् । जगदुल्लामा पनि माओबादी केन्द्रकै नारासिंह रोकाया बिजयी भएका छन् उपाध्यक्षमा पनि माओवादीकै उम्मेद्वार बिजयी भएका छन् । त्यस्तै काइके गाँउपालिकामा प्रमुखमा एमालेका अंगत राना, उपाध्यक्षमा राप्रपाको कुन्जाङ झाँक्री, वडा नं १ मा छिरीङ टुन्डुप बुढा, वडा नं २ मा तेजेन्द्र बुढा, ३ मा राजु बुढा, ४ मा राप्रपाका राजु झाँक्री, ५ एमालेका राजु रोकाया, ६ मा एमालेकै नरेन्द्र रोकाया, ७ मा एमालेकै रामचन्द्र रोकाया बिजयी भएका छन् । ठूलीभेरी नगरपालिका अन्तर्गतका वडा अध्यक्षहरुमा वडा नं १ मा राप्रपाबाट बाग बहादुर महतारा, २ मा एमालेका देबी रोकाय, ३ मा काङ्ग्रेसका अर्नबहादुर न्यौपाने, वडा नं ४ मा माओवादीका जीवराज बुढा बिजयी भएका छन् । यसैगरि ठूलीभेरी नगरपालिकाको मेयरमा अहिलेसम्मको नतिजा अनुसार काङ्ग्रेसका सुबर्ण बुढाले ४२०, एमालेका गणेशबहादुर शाहीले ३४६ मत, एमाले र राप्रपा गठबन्धनबाट उप मेयरमा उठेका राप्रपाका योगेन्द्र बहादुर शाहीले ३८१ र काङ्ग्रस र माओवादी केन्द्रको गठबन्धनबाट उठेका माओवादीका उपमेयर लक्ष्मी चन्द्र कार्कीले २४९ मत ल्याएकाछन् । मतगणना जारी छ । यसैगरी त्रिपुरासुन्दरी नगरपालिकामा भएको मतगणनाअनुसार १० नम्बर वडामा नेपाली काङ्गे्रसका रणबहादुर धरला अध्यक्षमा बिजयी भएका छन् । ११ नं वडामा नेकपा एमालेका विश्वचन्द्र डसाल वडा अध्यक्षमा बिजयी भएका छन् । सो ११ नं वडामा बाँकी चारवटा सदस्यमा समेत एमाले नै बिजयी भएको छ । यसैगरी अहिलेसम्मको नतिजाअनुसार मेयरमा काङ्ग्रेसका दिलबहादुर बिष्टले २५९, एमालेका ओमबहादुर बुढाले २३४, माओवादीका रामलाल बिकले १०९ उप मेयरमा काङ्ग्रेसका बुद्ध शाहीले २४२, एमालेका चन्द्राकुमारी बुढाले २४१, माओवादीका काली चलाउनेले ११८ मत ल्याएकी छन् । मतगणना कार्य जारी मंगलबार दिउसोसम्म मात्र सम्पूर्ण नतिजा आउने अनुमान गरिएको छ । उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकामा एमालेका अध्यक्ष टसी टुन्डुप लामासहित सम्पुर्ण पदाधिकारीहरु बिजयी भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप