बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भक्तपुरमा नेमकिपा अगाडि, मतगणना कछुवागतिमा

सोमबार, ०१ जेठ २०७४, २२ : ४०
सोमबार, ०१ जेठ २०७४
भक्तपुर, जेठ १– भक्तपुर नगरपालिकाको मतगणनामा नेपाल मजदुर किसान पार्टीले अग्रता कायम राखेको छ । एक हजार ५ मत गणना भएकोमा मेयरमा नेपाल मजदुर किसान पार्टीले ७५४ मत प्राप्त गरेको छ । नेमकिपाका सुनिल प्रजापतिले धेरै मत अन्तरले अग्रता लिएका छन् । भक्तपुरको मेयर पदमा नेपाली कांग्रेसले २ सय ५४ र एमालेले १ सय ७७ मत प्राप्त गरेको छ । यस्तै उपमेयर पदमा पनि नेमकिपा नै अगाडि छ । नेमकिपाले ७ सय ७२ मत प्राप्त गरेको छ । उपमेयरमा कांग्रेसको २३९ र एमालेले १ सय ८७ मत प्राप्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप