बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

यस्तो छ, रसुवाको हालसम्मको मतगणना परिणाम

सोमबार, ०१ जेठ २०७४, २२ : ४८
सोमबार, ०१ जेठ २०७४
रसुवा, जेठ १– रसुवामा भएको प्रथम चरणको स्थानीय तहको प्राप्त मत परिणामअनुसार नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसले ५६६, नयाँशक्तिले २४७ र नेकपा (एमाले) ले ९४ मत प्राप्त गरेका छन् । त्यसैगरी, उपाध्यक्षमा नयाँशक्तिले ३०५, नेकपा (माओवादी केन्द्र) ले २०५, र नेकपा (एमाले)ले १०८ मत प्राप्त गरेका छन् । त्यस्तै, कालिका गाउँपालिकामा नेकपा (एमाले) ले ४३४, नेकपा माओवादी केन्द्रले ३९५ नेपाली काग्रेसले ३७२ मत प्राप्त गरेका छन भने उपाध्यक्षमा माओवादी केन्द्र ५३६, एमाले ५३५, नेपाली काग्रेसले १४६ मत प्राप्त गरेका छन् । उत्तरगया गाउँपालिका अध्यक्षमा एमाले ६०७ काँग्रेस ५३९ र नयाँशक्ति पार्टीले ४८८ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा एमाले ७९० , काँग्रेस ४९५ र नयाँशक्तिले ३३६ मत ल्याएका छन् । गोसाइकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा –(एमाले) ४१३, नेपाली काँग्रेसले ४१० र नयाँशक्ति पार्टीले ५ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा एमाले ३८८, काग्रेस ३६६ र नयाँशक्तिले ३४ मत प्राप्त गरेका छन् । यस्तै, पार्वती कुण्ड अध्यक्षमा नयाँशक्ति पार्टीले ५६३, नेकपा (एमाले) ११७ र नेकपा माओवादी केन्द्रले १०७ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा नयाँशक्ति ३२७, एमाले २१० र माओवादी केन्द्र १२१ मत ल्याएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप