विकास निर्माणमा जुटे भोजपुरका युवा
मङ्गलबार, ०२ जेठ २०७४, ०८ : ३९
भोजपुर - भोजपुर बैंक रोडका युवा विकास निर्माणमा जुटेका छन् ।
भोजपुर नगरपालिका–७ स्थित बजार तथा कार्यालयबाट निस्केको ढल व्यवस्थापनका लागि सेफ्टीट्याङ्की निर्माणमा स्थानीय युवा एकजुट भएका हुन् ।
“आफ्नो ठाउँको लागि आफैँले नगरे कसैले गर्दैन, त्यसैले हामी युवा नै लागि परेका हौँ” स्थानीय युवा पङ्कज श्रेष्ठले बताए ।
जिल्ला समन्वय समितिको रु पाँच लाख बजेट र स्थानीयको २० प्रतिशत सहयोगमा उक्त ट्याङ्की निर्माण गर्न लागिएको बैंक रोड ढल सुधार समितिका अध्यक्ष चन्द्रकुमार श्रेष्ठले बताए ।
ट्याङ्की निर्माणका लागि २०७० सालमा समितिले नगरपालिकामै दुई आना जग्गा रु तीन लाखमा खरिद गरेको थियोे । बजार क्षेत्रका ४२ घर, जनसेवा आधारभूत विद्यालय र अधिकांश कार्यालयको लागि समेत ढल व्यवस्थापनमा टेवा पुग्ने स्थानीयवासीको भनाइ छ ।
घरहरु बाक्लो र थोरै जग्गा भएकाले निकासको समस्याका कारण ढल व्यवस्थित नहुँदा प्रदूषण बढिरहेको थियो, अब त्यस्तो समस्या नहुने स्थानीय तथा समिति सदस्य सञ्जीव श्रेष्ठले बताए ।
ढल व्यवस्थापन भएपछि वर्षौंदेखि खुल्ला दिसामुक्त बन्न नसकेको सदरमुकाम खुल्ला दिसामुक्त जिल्ला घोषणा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण