बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

दलका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएपछि,पार्वतीकुण्डमा मतगणना कार्य स्थगन

मङ्गलबार, ०२ जेठ २०७४, ०८ : ५२
मङ्गलबार, ०२ जेठ २०७४
रसुवा - पार्वतीकुण्ड गाउँपालिकाको मतगणना कार्य स्थगन भएको छ । उक्त गाउँपालिकाको निर्वाचन अधिकृत अशोकराज रेग्मीका अनुसार गणना भइसकेका मतपत्र पुनःगणना गर्नुपर्ने माग राख्दै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा समेतका दलका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएपछि गणना कार्य सोमबार साँझ स्थगन गरिएको हो । पार्वतीकुण्ड गाउँपालिका–१ र २ को मतगणनाबाट नयाँ शक्ति नेपालले भारी मत ल्याएका कारण अन्य दलका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएको बताइएको छ । सोमबार साँझ ८ बजेदेखि बन्द भएको गणना कार्य वार्ताद्वारा गणना कार्यलाई निरन्तरता दिन प्रयास भइरहेको अधिकृत रेग्मीले बताए । र खसेको कुल २,९९९ मतमध्ये २,०५७ गणना गर्न बाँकी रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप