दिनहुँ बाघ हेर्न पाईने ठाउँ, जहाँ पर्यटक रमाउँछन् !
मङ्गलबार, ०२ जेठ २०७४, ०९ : ००
गुलरिया बर्दिया - बर्दिया राष्ट्रिय निकुञ्जमा केही महिनायता दिनहुँ पाटेबाघ देख्न पाइएपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक दिनहुँ पाटेबाघ देख्न पाएपछि रमाउन थालेका छन् । विगत केही महिनादेखि निकुञ्जमा पाटेबाघसँगै गैँडा, जङ्गली हात्तीलगायतका वन्यजन्तु दिनहुँ देख्न पाइएको निकुञ्ज प्रशासनले बताएको छ ।
पर्यटकको सिजन सुरु हुने बेलामै बर्दिया निकुञ्जमा दिनहुँ पाटेबाघ देखिएपछि निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको बढ्दो आगमनले निकुञ्ज आसपास ठाकुरद्वाराका होटल व्यवसायी पनि खुसी भएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको बासस्थान राम्रो भएकाले गर्मी बढ्न थालेपछि पानीमा बाघ पौडीन आउनाले निकुञ्जभित्रै रहेको कर्णाली नदीको भँगालो किनारमा रहेको तिनकुनेमा दिनहुँ पाटेबाघ देख्न पाइएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए ।
पचासवटा वयस्क, छवटा अर्ध वयस्क पाटेबाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा ३७ वटा गैँडा, १०० भन्दा बढी जङ्गली हात्ती, ३० हजार भन्दा बढी चित्तललगायतका वन्यजन्तु रहेका छन् । तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र मानिने बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा थालिएको बाघ गणना सकिएकाले अब केही दिनमा बाघको सङ्ख्या सार्वजनिक गरिने बताइएको छ । यस पटकको बाघ गणनामा बर्दियामा पाटेबाघको सङ्ख्या वृद्धि हुने निकुञ्जले अनुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण