बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

शिक्षकको घरमा नियमित १२ वर्षसम्म दुध दिने गाई

मङ्गलबार, ०२ जेठ २०७४, ०९ : ०८
मङ्गलबार, ०२ जेठ २०७४
पथरी मोरङ - एकपटक बच्चा जन्माएको गाईले कति वर्षसम्म दूध दिन्छ ? तपाँईलाई कसैले यस्तो प्रश्न गरे सायद सबैको जवाफ एउटै आउँछ, एकदेखि डेढ वर्षसम्म दूध दिन्छ । तर, मोरङको सुन्दरहरैचा नगरपालिका–५ चाँदनीचोक घर भएका शिक्षक टङ्कमणि लामिछानेले पाल्नुभएको गाईले नियमित १२ वर्षदेखि दूध दिँदै आएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–५ का लामिछानेले पाल्नुभएको जर्सीगाईले विगत १२ वर्षदेखि नियमित दूध दिँदै आएको छ । उहाँले २०६९ सालमा झापाबाट जर्सी गाई रु १५ हजारमा खरिद गरेर ल्याउनुभएको थियो । ल्याएको तीन वर्षमा बच्चा जन्माएको गाईले २०६२ सालदेखि नियमितरुपमा दूध दिँदै आएको लामिछानेले बताए । सो जर्सी गाईले जन्माएको बाच्छाको मृत्यु हुने गरेको छ । तरपनि दूध दैनिक रुपमा दिने गरेको छ । “गाईले बहर जन्मायो, तर अहिलेसम्म एउटा पनि जीवित रहेनन्” । लामिछानेले भन्नुभयो, “बच्चा नहँुदा पनि गाईले नियमित दूध दिन्छ ।” बाच्छो जन्माएको एकवर्ष दैनिकरुपमा १२ लिटरसम्म दूध दिने उक्त गाईले त्यसपछि छदेखि सात लिटर दिने गरेको छ । अर्को बच्चा जन्माउनका लागि गर्भ हुँदा पनि गाईले नियमित दूध दिने गरेको छ । गर्भ रहेको बेला गाईको दूध केही अमिलो र अरु बेलाको भन्दा बाक्लो हुने गरेको लामिछानेको भनाइ छ । यसरी नियमित दूध दिने गाईको स्याहार पनि लामिछाने परिवारले राम्रोसंग गर्ने गरेका छन् । गाईले दिएको दूध आवश्यक पर्ने जति घरमा राख्ने र बाँकी रहेको दूध स्थानीय चियापसलमा बिक्री गर्दै आएको गाईपालक लामिछानेको भनाइ छ । लामिछाने पथरी शनिश्चरे नगरपालिका–५ को बुद्ध उच्च माविका शिक्षक हुनुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप