बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कालिका–११ मा मतदान सुरु, दलितमा उम्मेदवारी नै परेन

मङ्गलबार, ०२ जेठ २०७४, ०९ : १४
मङ्गलबार, ०२ जेठ २०७४
रत्ननगर चितवन - चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका वडा नं ११ मा मतदान सुरु भएको छ । सर्वदलीय बैठकको निर्णयअनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएको कालिका नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए । उनको अनुसार अहिले निर्वाचन सौहार्दपूर्णरुपमा भइरहेको छ । वैशाख २६ गते वर्षासँगै परेको चट्याङ लागेर नेकपा माओवादी केन्द्रबाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो । सोही कारण यहाँ वैशाख ३१ मा मतदान रोकिएकाले आज मतदान भएको हो । उहाँको सट्टामा माओवादी केन्द्रले वडा सदस्यमा सुकराम चेपाङलाई उम्मेदवार बनाएको छ । उक्त वडामा नेपाली काँग्रेसबाट अध्यक्षमा दानबहादुर प्रजासहित चारजना, नेकपा एमालेबाट वडा अध्यक्षमा कृष्णबहादुर प्रजासहित चारजना तथा माओवादी केन्द्रबाट अध्यक्षमा गयासिंह चेपाङसहित चारजनाले वडामा उम्मेदवारी दिएका छन् । यस्तै, राप्रपाबाट वडाध्यक्षमा कृष्णजङ्ग तामाङ र नयाँ शक्तिबाट जीतबहादुर प्रजाको उम्मेदवारी परेको निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए । उक्त वडामा कुल पाँच जनाका लागि १४ जनाको उम्मेदवारी परेको छ । दलितमा भने उम्मेदवारी नै परेको छैन । कालिका नगरपालिकामा वैशाख ३१ को मतदानका क्रममा १७ हजार ९४६ मत खसेको छ । यो करिब ७८ प्रतिशत मतदान हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप