बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

ट्रम्पमाथि गोप्य जानकारी सार्वजनिक गरेको आरोप

मङ्गलबार, ०२ जेठ २०७४, ०९ : १९
मङ्गलबार, ०२ जेठ २०७४

बीबीसी

जेठ २ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि कथित रुपमा इस्लामिक स्टेट ग्रुपबारे रुससँग गोप्य जानकारी सार्वजनिक गरेको आरोप लागेको छ ।

अमेरिकी अखबार ‘द वासिङ्टन पोष्ट’ ले राष्ट्रपति ट्रम्पले पछिल्लो हप्ता ह्वाइट हाउसमा एक छलफलको क्रममा रुसका विदेश मन्त्री सर्गेई लावरोव र रुसी राजदूतसँग उक्त जानकारी सार्वजनिक गरेको दाबी गरेको छ ।

तत्कालीन र पूर्व अधिकारीको हवाला दिँदै पत्रिकाले अमेरिकालाई निकै गोप्य तरिकाले एक सहयोगीले दिएको जानकारी राष्ट्रपति ट्रम्पले कथित इस्लामिक स्टेट ग्रुपबारे जानकारी दिएको दाबी गरेको छ ।

राष्ट्रपतिको कुराकानीः

यद्यपी, अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले एक बयान जारी गर्दै राष्ट्रपतिको कुराकानीमा विशेष प्रकारको खतराबारे चर्चा भएको बताएका छन् । यद्यपी, यो बैठकमा सूत्र वा सैनिक कारवाहीका बारे कुनै चर्चा नभएको पनि उनले बताएका छन् ।

पत्रकारसँगको कुराकानीमा ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जनरल एचआर म्याकमास्टरले उक्त रिपोर्टलाई गलत बताएका छन् ।

उनले भने, ‘अमेरिकाका राष्ट्रपति अमेरिकी जनताको सुरक्षालाई अत्यधिक गम्भीरतापूर्वक लिन्छन् । जुन रिपोर्ट आज राती सार्वजनिक भएको छ, त्यो पूर्ण रुपमा गलत हो । राष्ट्रपति ट्रम्प र रुसी विदेशमन्त्रीले दुबै देशका लागि जे खतरा छन्, त्यसबारे चर्चा गरे । कतै पनि गोप्य स्रोत र काम गर्ने तरिकाबारे कुनै चर्चा भएको छैन । राष्ट्रपतिले ती सैनिक अभियानबारे पनि कुनै जानकारी दिएका छैनन् जो गोप्य छन् ।’

राष्ट्रपति बन्नुभन्दा पहिले पनि रुससँगको सम्बन्धको विषयमा ट्रम्पमाथि प्रश्न उठिरहेको थियो । डोनल्ड ट्रम्पको चुनाव प्रचार अभियानमा रुसले पनि मद्दत गरेको आरोप लागेको थियो ।

अमेरिकी गुप्तचर एजेन्सीले रुसले साइबर हमला गरेर चुनावमा अमेरिकी मतदातालाई प्रभावित गरेको आरोप लगाएका थिए । यद्यपी, राष्ट्रपति बनेपछि ट्रम्वले यसलाई पूर्ण रुपमा खारेज गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप