मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीकाे अग्रता कायमै

मङ्गलबार, ०२ जेठ २०७४, १७ : १५
मङ्गलबार, ०२ जेठ २०७४

चितवन,जेठ २ – भरतपुर महानगरपालिका वडा नम्बर १ को गणना सम्पन्न हुँदा मेयरका एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता कायमै राखेका छन् । एमालेका ज्ञवालीले १५१३ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ११३५ मत प्राप्त गरेकी छन् । कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु पछाडि परे पनि सोही गठबन्धनका कांग्रेस उम्मेदवार जयराम श्रेष्ठ भरतपुर १ मा वडाध्यक्षमा विजयी भएका छन् ।

यसले दाहाललाई भोट नदिएर गठबन्धनले अन्तर्घात गरेको आशंका गरिएको छ ।

त्यस्तै उपमेयरतर्फ माओवादी–कांग्रेसका गठबन्धनबा कांग्रेसकी पार्वती शाहले १४०१ मत ल्याएकी छन् भने एमालेका दिव्या शर्माले ११८८ प्राप्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप