कामदारको सिउँदोमा दलितले सिन्दुर हालेपछि पूर्वमन्त्री पुगे प्रहरीमा
राजेश भण्डारी
काठमाडौं, जेठ २–आफ्नो घरमा काम गर्ने युवतीलाई दलित युवाले भगाएपछि पुर्वमन्त्री कृपाशुर शेर्पा चोरीको उजुरी बोकेर प्रहरीको शरणमा पुगेका छन् । केही दिनअघि शेर्पाको घरमा काम गर्न बसेकी डोल्मा शेर्पालाई धनकुटा मुगा स्थायी घर भएका दिपेश बराईलीले भगाएर विवाह गरेका थिए । ईलाम नयाँबजार स्थायी घर भएकी डोल्मा विगत एक बर्षदेखि कृपाशुरको घरमा काम गर्दै आएकी थिईन् ।
यसरी आफ्नो घरमा काम गर्ने डोल्मालाई दलित युवाले सिन्दुर हालेपछि छुटाउने प्रयासस्वरुप शेर्पाले केही दिनअघि महानगरीय प्रहरी वृत गौशालामा दिपेशको बिरुद्ध सुन चोरेको जाहेरी दिएका हुन् । जाहेरीमा पूर्व पर्यटनमन्त्री शेर्पा आफैंले हस्ताक्षर गरेका छन् । ‘दिपेश बराईलीको बिरुद्ध सुन चोरीको जाहेरी परेको छ’ महानगरीय प्रहरी वृत गौशालाका डिएसपी नवराज कार्कीले भने,‘आज (मंगलबार) छलफलको लागी बोलाएको छु ।’
आफ्नो छोराले अन्तर्जातिय विवाह गरेको र सो विवाह असफल गराउन पुर्वमन्त्री शेर्पाले छोरामाथी अनर्गल आरोप लगाएको दिपेशका वाबु गोपाल बराईलीले दाबी गरेका छन् । शेर्पाले आफ्नो घरमा पसेर दिपेशले साँढे दुई तोला सुन चोरेको जाहेरी दिएका छन् । रातोपाटीसँग कुरा गर्दैै दिपेशका बावु गोपालले सुन चोरेको कुरा अस्विकार गर्दै भने, ‘बिना प्रमाण आरोप लगाएर मात्र हुन्छ ?, अन्तर्जातिय विवाह असफल बनाउन यो कदम चालिएको हो, अब म राष्ट्रिय दलित आयोगमा उजुरी हाल्छु ।’
पुर्व मन्त्री शेर्पाले बराईली परिवारसँग सुनको मुल्य बराबरको १ लाख २५ हजार रुपैयाँ मागेका छन् । बराईली परिवारले सुन चोरेको कुरा अस्विकार गर्दै आएको छ । गत शनिवार र आईतबार दुई दिनसम्म गौशाला प्रहरीले दिपेश र डोल्मालाई गैरकानुनी रुपमा हिरासतमा राखेको थियो । आईतबार अबेर गौशाला वृतमा पुगेका कृपाशुर शेर्पाका छोरा फुर्वा शेर्पाले डोल्मालाई कुटपिट समेत गरेको बताईएको छ । फुर्वाले दवाव दिएर डोल्मालाई दिपेशले सुन चोरेको कुरा पुष्टि गराउन खोजेको गोपालले दाबी गरेका छन् । दिपेश चावहिलको भेटघाट दोहोरी साँझमा काम गर्थे । त्यहि दोहोरीमा डोल्मा र दिपशको बीचमा चिनाजान भएको र पछि विवाह भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण