१० स्थानीय तहको निर्वाचन परिणाम आयोगलाई प्राप्त
काठमाडौँ, २ जेठ । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणामनुसार १० स्थानीय तहको निर्वाचन परिणाम आयोगलाई प्राप्त भएको छ ।
निर्वाचन आयोगका अनुसार तनहुँको बन्दीपुर गाउँपालिका, मनाङका चामे गाउँपालिका, नाशोङ गाउँपालिका र नेस्याङ गाउँपालिका, बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिका, मुस्ताङका घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, बाह्रगाउँ गाउँपालिका र लोमाथाङ गाउँपालिकाको निर्वाचन अन्तिम परिणाम प्राप्त भएको हो ।
विभिन्न कारणले मतदान स्थगन भएका काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका, दोलखाको मेलुङ गाउँपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका, कालीकोटको नरहरिनाथ गाउँपालिका र कालिका गाउँपालिकामा मतपत्र च्यातिएको, मतदान केन्द्र तोडफोड भएको, निर्धारित मतपत्रभन्दा फरक मतपत्र परेको, कर्मचारीमाथि आक्रमण भएको र झडप भई मृत्यु भएको समेतका कारणले मतदान स्थगन भएका हुन् ।
हिमाली जिल्लाका केही मतदान केन्द्रको मतपेटिकास्थल मार्गबाट सङ्कलन गर्न कठिन भएकाले आज बिहान हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइएको छ । ती स्थानको मतगणना आजैदेखि सुरु हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
मुलुकका तीन प्रदेशका ३४ जिल्लामा भएको मतदानको अहिले २५७ स्थानीय तहमा मतगणना भइरहेको जानकारी आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट प्राप्त भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण