एमालेको हातमा पुग्यो महाकांल गाउँपालिका
मङ्गलबार, ०२ जेठ २०७४, १५ : ३९
काठमाडौं, जेठ २– नेकपा एमालेले काठमाडौं उपत्यका भित्रको गाउँपालिकामा पहिलो जित दर्ता गराएको छ । ललितपुरको महांकाल गाउँपालिकामा एमालेले जित हात पारेको हो ।
महांकाल गाउँपालिका अध्यक्षमा एमालेका रामचन्द्र दाहाल विजयी भएका हुन् । उनले २ हजार ८० मत प्राप्त गरे । नेपाली कांग्रेसका भीमसेन घिमिरेले १ हजार ७ सय २२ मत प्राप्त गरे ।
महांकाल गाउँपालिकाका उपाध्यक्षमा पनि एमालेकै कमला तामाङ विजयी भएकी छन् । उनले २ हजार २ सय ६३ मत प्राप्त गरिन् । गाउँपालिका उपाध्यक्षकी कांग्रेसकी सुशीला अधिकारीले १ हजार ३ सय ९९ मत प्राप्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण