बागलुङको तमानखोला गाउँपालिकामा काँग्रेसका जोकलाल बुढा विजयी
बागलुङ, २ जेठ । तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका जोकलाल बुढा विजयी भएका हुन् ।
उपप्रमुखमा पनि काँग्रेसकै मानसरी शेरचन विजयी बनेका हुन् । बुढाले कुल खसेको चार हजार १९३ मतमध्ये दुई हजार २१९ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा९माओवादी केन्द्र० र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार सूर्यप्रसाद श्रीपालीले एक हजार २६९ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा विजयी शेरचनले दुई हजार १५५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी डोरबहादुर क्षेत्रीले ८५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत सुवासकुमार लामिछानेले जानकारी दिए ।
वडामा भने मिश्रित खालको परिणाम आएको छ । तमानखोला गाउँपालिका–१ र २ मा माओवादी केन्द्रका समूह नै विजयी भएको जनाइएको छ । वडा नं १ मा थमबहादुर रोका ५१० मत र २ मा मीनबहादुर घर्ती ४२५ मतका साथ अध्यक्षमा विजयी बन्नुभएको हो । वडा नं ४ मा नेकपा एमालेका उदिमबहादुर छन्त्याल २१८ मत प्राप्त गरी सिङ्गो समूहसहित विजयी बनेका छन् । वडा नं ५ मा काँग्रेसका हिराबहादुर विक ४५५ मत प्राप्त गरी समूहसहित विजयी भएका छन् ।
यसअघि वडा नं ३ मा काँग्रेसका गिरबहादुर घर्ती र ६ मा कुलबहादुर छन्त्याल भने निर्विरोध निर्वाचित भएका छन्। तमानखोला गाउँपालिकामा रहेका पाँच हजार ९२८ मतदातामध्ये चार हजार १९३ मत खसेको थियो । जिल्लाका अन्य स्थानीय तहमा भने मतगणना जारी छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण