मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

हेटौडा उपमहानगरपालिकामा पनि एमाले नै अगाडि

मङ्गलबार, ०२ जेठ २०७४, १५ : ५७
मङ्गलबार, ०२ जेठ २०७४
मकवानपुर, जेठ २ – हेटौडा उपमहानगर पालिकाको मत गणना जारी छ । अहिलेसम्मको मत गणनामा एमाले अगाडि देखिएको छ । परिणामअनुसार एमालेका मेयरका उम्मेदवार हरिबहादुर महतले १४१० मत ल्याएका छन् भने उपमेयर मिना लामाले १४४७ मत ल्याएर अगाडि छन् । त्यस्तै नेपाली कांग्रेसका मेयरका उम्मेदवार आनन्दराम पराजुलीले १२६९ मत ल्याएका छन् भने माओवादीका उपमेयरका उम्मेदवार बलराम बलले ७९२ मत ल्याएका छन् याहा कांग्रेस र माओवादीको मेयर र उपमेयरमा गठबन्धन भएको थियो । त्यस्तै राप्रपाले मेयरमा ३२७ मत ल्याएको छ भने उपमेयरमा ३६१ मत ल्याएको छ । नयाँशक्तिले मेयरमा १९८ ल्याएको छ भने उपमेयरमा २०१ मत प्राप्त गरको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप