मीनाको मायामा फसे अभिनेता राजेश
काठमाडौं, जेठ २ –चलचित्र करियर ओरालो लाग्दै गएपछि अभिनेता –अभिनेत्री म्युजिक भिडियो मोडलिङमा उत्रिनु सामान्य जस्तै भएको छ । यस्तैमा एक समयका बिकाउ अभिनेता राजेश हमाललाई पनि अचेल म्युजिक भिडियो अभिनयमा फाट्ट फुट्ट देखिन सकिन्छ ।
अभिनेता राजेशको मोडलिङ रहेको नयाँ गीत ‘मायाले हो’ बोलको भिडियोमा अहिले सार्वजनिक भएको छ । गीतमा अभिनेता हमाल मोडल मीना मादेनका साथमा देखिएका छन् ।
भिडियोमा मीनाले अभिनेता हमालसँग खुलेर रोमान्स गरेकी छन् । भिडियोमा हमाल र मीना मायाका कुरा गर्छन् । हमाल र मीनाको उमेर नमिले पनि भिडियोमा उनीहरुको केमेष्ट्रि सुहाएको छ ।
गायक तथा संगीतकार पावल चाम्लिङको संगीत तथा आलोक चाम्लिङ राईको शब्द रहेको ‘मायाले हो’ गीतको भिडियोलाई सुसन कँडेलले निर्देशन गरेका हुन्, भने सिर्जना बरालको कोरियोग्राफी रहेको छ ।
गीत पछिल्लो समय चर्चा बटुल्दै गरेकी गायिका दीपा लामा र संगीतकार तथा गायक मनोजराजले गाएका हुन् ।
https://youtu.be/6CZVjoq4G80खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण