अमेरिका भ्रमणमा जाँदै प्रधान सेनापति क्षत्री
मङ्गलबार, ०२ जेठ २०७४, १६ : ०७
काठमाडौं, जेठ २–प्रधान सेनापति राजेन्द्र क्षेत्री संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा जाने भएका छन् । नेपाल सरकारको निर्णय बमोजिम प्रधान सेनापति क्षत्री एक साता लामो भ्रमणका लागी अमेरिका जान लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्ड अन्तर्गत युनाईटेड स्टेट्स आर्मी प्यासिफकका कमाण्डीङ जेनरल जेन रोवर्टको औपचारिक निमन्त्रणामा ४ सदस्यीय भ्रमणदल सहित क्षत्री त्यसतर्फ प्रथान गर्न लागेका हुन् ।
उनि भोली बुधवार श्रिमती रीता क्षत्री, स्टाफ अधिकृतद्वय प्र.से.अर्जुन बस्नेत तथा सेनानी पूजा कार्की सहित अमेरिका प्रस्थान गर्ने बताईएको छ ।
अमेरिका भ्रमणका क्रममा क्षत्रीले अमेरिकी सेनाका उच्च अधिकारीहरुलाई भेट्ने र आगामी ९ गते होनोलुलु हवाईमा संचालन हुने ‘द २०१७ ल्याण्ड फोर्स अफ द प्यासिफीक कन्फरेन्स’ को उद्घाटन कार्यक्रमलाई संवोधन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
क्षत्री अमेरिका भ्रमणमा रहँदा बलाधिकृत रथी वलदेव राज महतले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण