मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

चौंथो शक्ति राप्रपा कहाँ हरायो ? यस्तो छ कार्यकर्ताको विश्लेषण

मङ्गलबार, ०२ जेठ २०७४, १६ : २३
मङ्गलबार, ०२ जेठ २०७४
काठमाडौं, जेठ २– ब्यवस्थापिका संसदको चौंथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तहको पहिलो चरणको चुनावमा नतिजा निराशाजनक छ । पुरानो राप्रपा र कमल थापाको राप्रपा नेपालबीच एकता भइ झनै ठूलो बनेको राप्रपाले आफूलाई पहिलो दोस्रोमै आउने आंकलन गरेको थियो । राप्रपालाई ठूलो शक्तिका रुपमा उदाउने विश्वासमा एमालेले समेत राप्रपासँग चुनावी तालमेल गरेको थियो । काठमाडौं महानगरपालिकादेखि देशका विभिन्न ठाउँमा एमाले र राप्रपाबीच तालमेल गरिएको थियो । हिन्दु राज्यको नारा अघि सारेर दोस्रो संविधानसभाको चुनावमा समानुपातिक भोट बटुलेर आफूलाई बैकल्पिक शक्ति दाबी गरेका कमल थापाको स्थानीय चुनावमा निराशाजनक नतिजा आएपछि कार्यकर्ताले पराजय हुनुको कारण औंल्याउन थालेका छन् । प्रारम्भिक नतिजा आएपछि एक कार्यकर्ताले राप्रपा कमजोर हुनुको १६ कारण यसरी औंल्याए । राप्रपा कमजोर हुनुको १६ कारण १) हिन्दुराष्ट्र बिनाको संविधान स्वीकार गर्नु । २) गणतन्त्रिक सरकारमा सहभागी हुनु । ३) कमल थापाले राष्ट्रसंघमा दिएको सम्बोधन लगत्तै सरकार नछाडनु ४) केशरबहादुर जस्ता वरिष्ठ ब्यक्तिलाई कन्भिन्स गर्न नसक्नु र पार्टी छाड्न विवश पार्नु । ५) एकतापछि सबै समाजले नरुचाएका ब्यक्तिले महाधिवेशनमा पैसाको बलमा केन्द्रीय सदस्य जित्नु । ६) केपी ओलीको सरकार ढलेपछि  फेरि प्रचण्ड सरकारमा जानु । ७) आफू सरकारमा हुँदासमेत कार्यकर्ताको वास्ता नगर्नु र आफ्नो दल सरकारमा भएको महशुस गर्न कार्यकर्ताले नपाउनु । ८) चुनावमा तालमेलको कुरा गर्नु र हाम्रो भोटले अरुलाई जित्न बल पुग्नु । ९) संविधान संशोधनको पक्षमा भोट हाल्छु भनेर भन्नु । १०) राजाकोबारेमा साधारण जनताले बुझ्ने भाषामा नबोल्नु । ११) केन्द्रीय नेतृत्वले जनचाहना र कार्यकर्ताको भावनाको कदर नगर्नु र तेस्रो जनचाहना विपरित निर्णय पटकपटक दोहोरिनु । १२) डा प्रकाशचन्द्र लोहोनीजस्ता देशका अग्रज हस्तको सम्मान गर्न नसक्नु । १३) मिडियामा राप्रपाको पहुँच नहुनु । १४) केन्द्रीय नेतृत्वलाई जिल्लाका कार्यकर्ताबारे जानकारी नहुनु र जो नेता केन्द्रमा धाउँछ, त्यसलाई बढी बिश्वास गर्नु । १५) टिकट वाड्ने बेलामा ३६४ दिने राप्रपाहरुलाइ टिकट दिनु । १६) लोकप्रिय चुनावी नारा दिन नसक्नु । (अरुणा अरुणिमाको फेसबुकबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप