दुई दिनभित्र मतगणना सक्न एमालेको माग
मङ्गलबार, ०२ जेठ २०७४, १७ : ०६
काठमाडौं, जेठ २–नेकपा एमालेले मतगणनालाई दुई दिन भित्र सकाउने गरि काम गर्न निर्वाचन आयोगलाई दबाब दिएको छ ।
दोश्रो चरण अन्र्तगत जेठ ३१ गतेका लागि तोकिएको निर्वाचनको तयारीमा लाग्नुपर्ने भन्दै एमालेले २ दिन भित्र पहिलो चरणको नतिजा सार्वजनिक गर्न आयोगलाई दबाब दिएको हो ।
मंगलबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै एमाले सचिव योगेश भट्टराईले २ दिन भित्र निर्वाचन परिणाम सार्वजनिक गरी दोश्रो चरणको निर्वाचन तयारी गर्न आयोगको ध्यानाकर्षण गराएका हुन् ।
एकै चरणमा निर्वाचन गराउन तयार रहेको आयोगले जनशक्ति अभावमा गणनामा ढिलाई भएको भन्न नमिल्ने भन्दै उनले सम्पुर्ण शक्ति प्रयोग गरेर परिणाम घोषणा गर्न आग्रह गरेका हुन् ।
मतगणनामा ढिलाई भएकोमा गम्भीर आपत्ती जनाउदै सम्पुर्ण जनशक्ति परिचालन गरेर दुई दिन भित्र नतिजा प्रकाशन गर्न आयोगको ध्यानाकर्षण गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण