मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको राजीनामा आउने दिन तोके सरकारकै मन्त्रीले

मङ्गलबार, ०२ जेठ २०७४, १७ : १३
मङ्गलबार, ०२ जेठ २०७४
काठमाडौं, जेठ २–सरकारका एक मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहालले दुई दिन भित्र राजीनामा दिने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने बताएका छन् । खानेपानी तथा सरसफाई मन्त्री दिपक खड्काले प्रधानमन्त्री दाहालले बिहीबार सांझ राजीनामा गर्ने बताएका हुन् । राजीनामा पछि दुई तिहाई वहुमत सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा मन्त्रीमण्डल गठन हुने जानकारी पनि उनले दिए । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पुर्व सहमति अनुसार नै सरकारको नेतृत्व छोडिने बताए । वर्तमान सरकारको गठबन्धन पालैपालो सरकारको नेतृत्व गर्ने सहमतिका साथ निर्माण भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप