मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

माओवादीबाट सिन्धुलीको मरिण गाउँपालिका ‘कव्जा’

मङ्गलबार, ०२ जेठ २०७४, १७ : ४९
मङ्गलबार, ०२ जेठ २०७४
सिन्धुली, जेठ २ – स्थानीय तह निर्बाचनको नतिजा आउने क्रममा कांग्रेस एमाले भन्दा केहि पछि परेको माओवादी केन्द्रले सिन्धुलीको एक गाउपालिकाका सवै पद जितेर नयाँ रेकर्ड कायम गरेको छ । सिन्धुलीको मारिण गाउँपालिकामा माओवादीले सवै पद जितेको हो । यस गाउँपालिकाको प्रमुख र उपप्रमुख सहित सबै वडामा माओबादी केन्द्रको प्यानल विजयी भएको छ । गाउँपलिकामा माओबादी केन्द्रका अध्यक्षका उम्मेदवार पानीराज बम्जन, उपाध्यक्ष संगीता माझी सहित गाउँपालिकाको ३७ वटै पदमा माओबादी केन्द्रका उम्मेदवार बिजयी भएका हुन् । एकै पार्टीले सिंगो तहमा बिजयी हासिल गरेको यो सम्भवतः पहिलो हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप