रेखा-आर्यन एकसाथ पर्दामा देखिँदा रिसाए सुदर्शन र अर्पण !
काठमाडौं, जेठ २ – करिब ७ पछि अभिनेत्री रेखा थापा र आर्यन सिग्देल एकसाथ पर्दामा देखिदै छन् । रेखाल नैे बनाउने चलचित्र ‘रुद्रद्र प्रिया’मा यी दुबै एकसाथ देखिन लागेका हुन् । ‘कसले चोर्यो मेरो मन’ पछि एकअर्काको दुस्मनको रुपमा रहेका यी जोडी दुश्मनी भुलेर ‘रुद्र प्रिया’मा देखिन लागेका हुन् । एक समय राम्रो हाइट बनाएका आर्यन फुर्सदिलो बनेको धेरै समय भइसकेको छ । केही नभएर उनी सानोतिनो रोलमा पनि देखिन थालेका छन् । सुपरहिट चलचित्र ‘छक्का पन्जा’मा उनको सानो भुमिका रहेको थियो । यसले पनि अनुमान लगाउन सकिन्छ आर्यन अहिले स्टारडम बचाउने चलचित्रको खोजीमा छन् ।
त्यस्तै अभिनेत्री रेखा राजनीतिमा छिरेदेखि खस्कदै गएको क्रेज बचाउने धाउन्नमा छिन् । आ आफ्नै स्वर्थका कारण रेखा र आर्यन बीच टिमवेर्क भएको हो । यी दुबैले टिमवर्क गर्नु चलचित्र क्षेत्र र नेपाली दर्शकका लागि राम्रो हो । तर निर्देशक सुदर्शन थापा र अभिनेता अर्पण थापाका लागि भने नराम्रो बनेको छ ।
सिधै भन्नुपर्दा रेखा र आर्यनको टिमवर्कले अपर्ण र सुदर्शन टिमबाट बाहिर भएका छन् । केही पहिले रेखाले ‘रुद्रद्र प्रिया’मा अर्पण र सुदर्शन जोडिएको जानकारी दिएकी थिइन् ।
तर आर्यनको इन्ट्रीले चलचित्रको टिमबाट अर्पण र सुदर्शन बाहिर भएका छन् ।
सुदर्शन आफ्नो निर्देशन रहेको पछिल्लो चलचित्र ‘म यस्तो गीत गाउँछु’ को रिलिज कारण देखाउदै अलग भएका छन्, भने अर्पण आफ्नो निर्देशन र अभिनयमा तयार भएको चलचित्र ‘आधा लभ’ देखाउदै टाढा भएका छन् ।
यस बिषयमा अभिनेत्री रेखाले भने आधिकारीक धारणा सार्वजनिक गरेकी छैनन् ।
‘रुद्र प्रिय’ रमेश पौडेलले निर्माण गर्न लागेका हुन् । जसको निर्देशन सुदीप भूपाल सिंहले गर्नेछन् । रेखा फिल्मस्बाट बन्ने यो चलचित्र छायाँकनको तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण