मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सूर्यविनायकमा वडाध्यक्षमा एमाले, मध्यपुरमा र भक्तपुरमा नेमकिपा समूह नै विजयी

मङ्गलबार, ०२ जेठ २०७४, १७ : ५८
मङ्गलबार, ०२ जेठ २०७४
भक्तपुर, जेठ २– सूर्यविनायक नगरपालिका वडा नं १ का वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार सानुकाजी कायस्थसहितको समूह विजयी भएको छ । कायस्थले एक हजार ६४७ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली राप्रपाका भूपेन्द्र राउतले ८४७ मत ल्याउनु भएकोछ । त्यसैगरी महिला सदस्यमा अम्बिका न्यौपाने, दलित महिला सदस्यमा कल्पना नेपाली तथा खुला सदस्यमा प्रदीप कार्की र बाबुकाजी श्रेष्ठ विजयी हुनुभएको छ । सूर्यविनायक नगरपालिकाको हालसम्मको मतगणनामा एमाले अग्रस्थानमा छ । यता मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अष्टकुमार कवेँको समूह तथा भक्तपुर नगरपालिकामा नेमकिपा अग्रस्थानमा छन् । चाँगुनारायण वडा नं ६ मतदान केन्द्रमा बुधबार पुनः मतदान भएपछि चाँगुनारायण नगरपालिकामा मतगणना सुरु हुने भएको छ । भक्तपुर नगरपालिका वडा नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार श्यामकृष्ण खत्रीकोे समूह विजयी भएको छ । खत्रीले एक हजार ९०७ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पवन भुजुले ६५२ मत र एमालेका नारायणसुन्दर सिन्ताकलले ४९८ मत ल्याउनुभएको छ । त्यसैगरी महिला सदस्यमा नेमकिपाका गङ्गालक्ष्मी बमनु तथा खुला सदस्यमा विश्वराज शिल्पकार र सूर्यप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । यहाँ वडा नं २ को मतगणना सुरु भएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप