मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बाग्लुङ गलकोट– २ र ३ मा काँग्रेस विजयी

मङ्गलबार, ०२ जेठ २०७४, १८ : ००
मङ्गलबार, ०२ जेठ २०७४
बागलुङ, जेठ २ – गलकोट नगरपालिका वडा नं २ र ३ मा नेपाली काँग्रेसको समूह नै विजयी भएको छ । वडा नं २ मा हेमन्त भण्डारी र ३ मा वीरजङ्ग भण्डारीसहितको समूह विजयी भएको हो । वडा नं १ मा भने राष्ट्रिय जनमोर्चाको समूह नै विजयी बनेको छ । राजमोबाट नेत्र बुढाथोकी अध्यक्षमा निर्वाचित हुनुभएको छ । अहिले वडा नं ४ को मतगणना जारीे छ । पछिल्लो मत परिणामनुसार गलकोट नगरपालिकाका प्रमुखमा काँग्रेसका भरत गैरेले अग्रता लिइरहनुभएको छ । दोस्रो स्थानमा नेकपा (एमाले) र तेस्रोमा राजमोका साझा उम्मेदवार टङ्क केसी रहनुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप