चन्द्रागिरिमा काँग्रेसको अग्रता कायम
मङ्गलबार, ०२ जेठ २०७४, १८ : ०४
काठमाडौँ, जेठ २ – चन्द्रागिरि नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका घनश्याम गिरीले तीन हजार ५५ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का प्रल्हाद कार्कीले एक हजार ४९० मत प्राप्त गर्नुभएको छ । हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले दुई हजार २४१ र एमालेका लीसा नकर्मीले एक हजार ७२४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिनुभयो ।
कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । नगरपालिकामा १५ वडा रहेकामा १, २ र ३ वडाको मतगणना सम्पन्न भई अहिले ४ र ५ वडाको मतगणना भइरहेको छ ।
वडा नं १ मा एमालेको समूह विजयी भएको छ । विजयी वडाध्यक्षमा राजेन्द्र केसी तथा सदस्यमा शान्ता गिरी, सरस्वती रोक्का, गोविन्द थापा र मणिराज गिरी हुनुहुन्छ ।
वडा नं २ मा नेकपा (माओवादी केन्द्र) को समूह विजयी हुनुभएको छ । वडाध्यक्षमा गोपी सुर्खेती तथा सदस्यमा सुशीला कोइराला, सपना परियार, मधुकर बस्नेत र सुरेन्द्र तामाङ हुनुहुन्छ ।
वडा नं ३ मा काँगे्रसको समूह विजयी भएको छ । विजयी वडाध्यक्षमा दुर्गालाल महर्जन तथा सदस्यमा सीता सत्याल, सोना मगराती, दीपक सार्की र अमरबहादुर लामा हुनुहुन्छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण