मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

म्याग्दी मालिका ४ मा माओवादी केन्द्र विजयी

मङ्गलबार, ०२ जेठ २०७४, १८ : ०८
मङ्गलबार, ०२ जेठ २०७४
बबियाचौर(म्याग्दी), जेठ २ – मालिका गाउँपालिका– ४ का वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का दिलीप शेरचन ३२८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भिजीन्द्रमान पुनले ३०६ र नेकपा एमालेका दधिलाल जैसीले १८३ मत प्राप्त गर्नुभएको छ । सदस्यमा माओवादी केन्द्रका मनरुपा घर्ती, सीता श्रीपाली र उदवीर रसाइली तथा काँग्रेसका बलिराम सुनार निर्वाचित हुनुभएको छ । एक हजार ३३५ मतदाता रहेको ओखरबोटमा ८५२ मत खसेको थियो । चार वटा वडाको मतगणना हुँदा मालिका गाउँपालिकाका अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकाले एक हजार २८७ र एमालेका वेगप्रसाद गर्बुजाले एक हजार २७२ तथा उपाध्यक्षमा काँग्रेसकी विमला रोकाले एक हजार २८७ र एमालेकी खरमाया विटालुले एक हजार २८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप