काभ्रेको मण्डनदेउपुर र पाँचखालमा काँग्रेस, पनौती–१ र २ मा एमाले विजयी
मङ्गलबार, ०२ जेठ २०७४, १८ : १५
काभ्रे, जेठ २ – मण्डनदेउपुर नगरपालिका– २ को वडाध्यक्षमा नेपाली काँग्रेसका केशवप्रसाद तिमल्सिनाले ४२१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बद्री शाही ठकुरीले ३७६ मत प्राप्त गर्नुभएको छ । सो वडामा काँग्रेसको समूह नै विजयी भएको छ ।
यस्तै पाँचखाल नगरपालिका– ३ को वडाध्यक्षमा काँग्रेसका सुन्दर अधिकारीले ४३४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का रमेशराज गिरीले ३०८ मत प्राप्त गर्नुभयो । सो वडामा काँग्रेसको पुरै समूह विजयी भएको छ ।
यसैगरी पनौती नगरपालिका–१ र २ मा नेकपा ९एमाले०को पुरै समूह विजयी भएको छ । वडा नं १ को वडाध्यक्षमा सो पार्टीका गुणराज सापकोटाले एक हजार ४२९ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जयकुमार तामाङले एक हजार २४ मत प्राप्त गर्नुभयो । वडा नं २ को वडाध्यक्षमा पुरुषोत्तम अधिकारीले ९८७ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णुप्रसाद सापकोटाले ६३४ मत प्राप्त गर्नुभयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण