मतगणनामा बूढानीलकण्ठ नगरपालिका अगाडि
मङ्गलबार, ०२ जेठ २०७४, १८ : २१
काठमाडौँ, जेठ २ – मतगणना प्रक्रियामा बूढानीलकण्ठ नगरपालिका सबैभन्दा अगाडि देखिएको छ ।
नगर निर्वाचन कार्यालयका अनुसार दिउँसो तीन बजेसम्मको मतगणनाअनुसार पाँच हजार ३१ मत गणना भइसकेको छ ।
यस नगरको वडा नं १२ र १३ को मतगणना सकिएको नगरका प्रमुख निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले राससलाई जानकारी दिनुभयो । वडा नं १२ मा नगर प्रमुख पदमा नेकपा ९एमाले०का उम्मेदवार उद्धवप्रसाद खरेलले एक हजार ४९१ मत प्राप्त गर्नुभएको छ ।
नेपाली काँग्रेसका उम्मेदवार राजुराज श्रेष्ठले एक हजार १०९ मत प्राप्त गर्नुभएको छ भने नेकपा९माओवादी केन्द्र० का रवीन अधिकारीले ३३१ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी वडा नं १३ मा काँग्रेसले ६४९, एमालेले ९८५, राप्रपाका सानुकान्छा श्रेष्ठले ५८७ मत प्राप्त गर्नुभएको छ । जारी मतगणनाअनुसार वडा नं ११ मा नगर प्रमुखको एक हजार ४९५ मत घणना हुँदा काँग्रेसले ५५०, एमाले ६७० र माओवादी केन्द्रले १७७ मत प्राप्त गरेको छ ।
पछिल्लो मतगणनाअनुसार यस नगरमा नेकपा९एमाले० अगाडि देखिएको छ । त्यसैगरी १२ र १३ नं वडाको अध्यक्षमा एमालेकै उम्मेदवार विजयी भएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण