मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरमा तीन स्थानको एक साथ मतगणना

मङ्गलबार, ०२ जेठ २०७४, १८ : २४
मङ्गलबार, ०२ जेठ २०७४
काठमाडौँ, २ जेठ । मतगणना कार्यमा तीव्रता दिन काठमाडौँ महानगरपालिकामा तीन समूह (टोली) बनाई गणना सुरु गरिएको छ । सोमबारदेखि सुरु गरिएको मतगणना कार्य अहिले तीन समूहबाट गर्न थालिएको निर्वाचन कार्यालयले जनाएको छ । अहिले महानगरको वडा नं १, २ र ३२ को एकैसाथ मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो । ढिलाइ भएको गुनासोपछि आयोगले टोली बढाएर छिटो गणनाका लागि निर्देशन पनि दिएको थियो । कुल ३२ वटा वडा रहेको महानगरमा दुई लाख ७९ हजार ३१६ मतदाता छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप