३३ स्थानीय तहको नतिजाः कसले कुन ठाउँ जिते ?
मङ्गलबार, ०२ जेठ २०७४, १८ : २९
काठमाडौं, जेठ २ – आइतबार सम्पन्न भएको ३४ जिल्लाका २ सय ८१ स्थानीय तहको निर्वाचन मध्ये ३३ स्थानीय तहको अन्तिम नतिजा आएको छ । मतगणना सकिएको ३३ स्थानीय तहमा एमालेले अहिलेसम्म १२ स्थानमा जित हात पारेको छ ।
यस्तै, संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने अहिलेसम्म १० स्थानमा विजय हासिल गरेको छ । तेस्रो दल नेकपा माओवादी केन्द्र भने स्थानीय तहको चुनावमा पनि तेस्रो स्थानमै रहेको छ ।
हालसम्म माओवादी केन्द्रले ९ स्थानमा विजयी भएको छ । दुई स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
कुल निर्वाचन भएको तहः २ सय ८१
प्राप्त नतिजाः ३३ स्थानीय तह
विजयी नेपाली काँग्रेसः १०
नेकपा एमालेः १२
नेकपा माओवादी केन्द्रः ९
स्वतन्त्रः २
नेपाली काँग्रेसले कुन कुन ठाउँमा जिते ?
नवलपरासीः बुङदीकाली गाउँपालिकाः दुर्गाबहादुर राना
बागलुङः तमानखोला गाउँपालिकाः जोकलाल बुढा
मनाङः नार्फु गाउँपालिकाः मिङ्माछिरीङ लामा (निर्विरोध)
मनाङः नाशोङ गाउँपालिकाः चन्द्र घले
मुस्ताङः थासाङ गाउँपालिकाः उम्मेदवार बुद्धिप्रसाद शेरचन
मुस्ताङः लोमान्थाङ गाउँपालिकाः सुवर्ण विष्ट
मुस्ताङः बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाः छेन्चोक छेप्तेन गुरुङ
जाजरकोटः कुशे गाउँपालिकाः हरिशचन्द्र बस्नेत
दैलेख– डुंगेश्वर गाउँपालिकाः नगेन्द्रबहादुर मल्ल
जुम्ला– पातारासी गाउँपालिकाः लक्ष्मण बोहरा
...
एमालेले जितेका उम्मेदवार
डोल्पाः ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही
डोल्पाः शेफोक्सुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ
डोल्पाः काइके गाउँपालिकाः अंगद राना
मनाङः नेस्याङ गाउँपालिकाः कान्छा घले मनाङ
मनाङः चामे गाउँपालिकाः लोकेन्द्रबहादुर घले
मुस्ताङः घरपझोङ गाउँपालिकाः आशबहादुर गुरूङ
स्याङजा–फेदीखोला गाउँपालिकाः घनश्याम सुवेदी
कास्की– मादी गाउँपालिकाः बेदबहादुर गुरुङ
जाजरकोट– शिवालय गाउँपालिकाः नरेन्द्रकुमार शाही
रसुवा– गोसाइँकुण्ड गाउँपालिकाः कैसाङनुर्पु तामाङ
ललितपुर– महांकाल गाउँपालिकाः रामचन्द्र दाहाल
तनहुँ– देवघाट गाउँपालिकाः दुर्गाबहादुर थापा
...
माओवादी केन्द्रले जितेको उम्मेदवार
डोल्पा– मुडकेचुला गाउँपालिकाः दत्तबहादुर शाही
डोल्पा– जगदुल्ला गाउँपालिकाः नरसिंह रोकाया
जाजरकोट– शिवालय गाउँपालिकाः लालबहादुर थापा
जुम्ला– गुठिचौर गाउँपालिकाः हरिबहादुर भण्डारी
रुकुम– चौरजहारी नगरपालिकाः विशाल शर्मा
कालिकोट– सान्नि त्रिवेणी गाउँपालिकाः डम्बरबहादुर शाही
हुम्ला– ताजकोट गाउँपालिका बाग्दुल मल्ल
सिन्धुली– मरिण गाउँपालिकाः पाणिराज बम्जन
जुम्ला– हिमा गाउँपालिकाः रजबहादुर शाही
विजयी भएका स्वतन्त्र उम्मेदवार
मुस्ताङ– दालोमे गाउँपालिकाः राजु विष्ट लोप्छाङ गुरुङ
डोल्पा– डोल्पोबुद्ध गाउँपालिकाः पेम्बा गुरुङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण