मतगणना सहज बनाउन प्राधिकरणको विशेष सजगता
मङ्गलबार, ०२ जेठ २०७४, १८ : २८
काठमाडौँ, जेठ २ – स्थानीय तहको निर्वाचनको मत गणना भइरहेका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिएको भन्दै गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणले विशेष सजगता अपनाएको छ ।
दिउँसोको समयमा केही स्थानमा हावाहुरीका कारण समस्या आएको तथा केही स्थानमा प्रसारण लाइन ट्रिप भएको गुनासो बढेपछि प्राधिकरणले सजकता अपनाएको हो ।
धादिङ, चितवन, नुवाकोटलगायत जिल्लामा हावाहुरीले विद्युत् आपूर्तिमा सामान्य समस्या देखिएको बताइएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले समस्या आएको खण्डमा वैकल्पिक उपाय अपनाएर भए पनि विद्युत् आपूर्ति नियमित गराउन आफूहरु दिनरात लागिपरेको बताउनुभयो ।
“राष्ट्रिय महत्वको स्थानीय तहको निर्वाचनको मतगणना प्रभावित नहोस् भनेर हामीले विशेष ध्यान दिएका छौँ”, प्रवक्ता अधिकारीले भन्नुभयो । कुनै पनि समस्या आए तत्काल प्राधिकरणको स्थानीय वितरण केन्द्रमा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो ।
प्राधिकरणले मतगणना भइरहेका ३४ जिल्लामध्ये केन्द्रीय प्रसारण लाइन पुगेका जिल्लामा चौबीसै घन्टा विशेष टोली परिचालन गरिएको जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण