रसुवा गोसाइँकुण्ड गाउँपालिकामा कैसाङ विजयी
मङ्गलबार, ०२ जेठ २०७४, १८ : ३१
रसुवा, जेठ २ – गोसाइँकुण्ड गाउँपालिकाको मत परिणाम घोषणा भएको छ ।
मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीका अनुसार गाउँपालिका अध्यक्षमा एक हजार ८२८ मत प्राप्त गरी नेकपा एमालेका कैसाङ नुर्पु तामाङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पेम्बा छिरिङ तामाङले एक हजार ५०५ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी, उपाध्यक्ष पदमा एक हजार ७४० मत प्राप्त गरी नेकपा एमाले कार्गेल्मो श्रेष्ठ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डेकी तामाङले एक हजार १४९ मत प्राप्त गर्नुभएको थियो ।
छवटा वडा रहेको गोसाइँकुण्ड गाउँपालिकामा तीन हजार ६९३ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका अन्य चार गाउँपालिकाको मतगणना कार्य जारी रहेको र भोलिसम्ममा सबै नतिजा आइसक्ने अनुमान गरिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण