मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अज्ञात समुहद्वारा हत्या गरिएका विक्रमलाई कलाकारको श्रद्धान्जली

मङ्गलबार, ०२ जेठ २०७४, १८ : ३८
मङ्गलबार, ०२ जेठ २०७४

काठमाडौं, जेठ २ – अज्ञात समुहद्धारा हत्या गरिएका गायक तथा कलाकार विक्रम परियारको पार्थिव शरिरलाई कलाकर्मीले आज अन्तिम श्रद्धान्जली दिएका छन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानमा दिनको २ बजे ल्याइपुर्याइएको उनको पार्थिव शरिरलाई फूलमाला अपर्ण गर्दै कलाकारले अन्तिम श्रद्धान्जली दिएका हुन् । श्रद्धान्जली कार्यक्रममा अभिनेता सौगात मल्ल, अभिनेत्री गौरी मल्ल, सरोज खनाल लगायत दर्जन बढी परिचित र उलेख्य अपरिचत अनुहारको उपस्थिती रहेको देखियो । उनको शव दमौलीबाट आजै काठमाडौ ल्याइएको हो ।

परियारको गत ३१ गते भोट खसालेर घर नजिकै घुम्न निस्किएको समयमा अज्ञात समुहले हत्या गरेको हो ।

तनहुँ स्थायी घर भएका परियार स्थानिय तह निर्वाचनमा मतदानका लागि काठमाडौंबाट तनहुँ गएका थिए । कस्ले र किन उनको हत्या गरे भन्ने बिषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नगरपालिका १ निर्मलटारमा मोटरसाइकलमा गइरहेको समयमा उनको हत्या भएको थियो । रेडियो नाटकका अलवा चलचित्र ‘बधशाला, ताण्डव, फिटकिरी लगायतका’ चलचित्रमा अभिनय गरेका छन् ।

परियारको श्रीमती, १४ बर्षका एक छोरा र ९ बर्षकी छोरी छन् । उनको शवलाई आजै पशुपती अर्यघाटमा अन्त्यस्टी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप