मदन पुरुस्कार विजेता मुकारुङले गाउँपालिका प्रमुखमा उम्मेदवारी दिने
जमुना राई
भोजपुर, जेष्ठ ५ - मदन पुरुस्कार विजेता दमिनिभिरका लेखक राजन मुकारुङले समेत गाउँपालिका प्रमुखमा उम्मेदवारी दिने भएका छन् ।
दोश्रो चरणमा निर्वाचन हुने भोजपुरको टेम्के मैयुँ गाउँपालिकाबाट मुकारुङ्ले गाउँपालिका प्रमुखमा उम्मेदरी दिने भएका हुन् । सृजनशिल साँस्कृतिक अराजक अभियानका अभियन्ता मुकारुङ पहिचान, संघीयता, समावेशिता लगायतका मुद्धामा नेकपा (माओबादी केन्द्र ) संग नजिक रहँदै आएपनि उन्ले स्वातन्त्र उम्मेदवारी दिने भएका हुन् ।
पछिल्लो समय लेखक मुकारुङले गाउँपालिका प्रमुखमा उम्मेदवारी दिने विषयमा सामाजिक सञ्जालमा व्यापक चर्चा छाएपछि उनका शुभेच्छुकहरुले विभिन्न प्रतिकृया दिइरहेका छन् ।
माओबादी केन्द्रबाट उमेद्धरी दिने मनसाय गरेपनि पार्टीले आफुसँग छलफल नचलाई संघीय समाजवादी फोरम नेपाल, नेपाली कांग्रेस लगायतको गठबन्धन गरेर साझा उमेद्धर खडा गरेपछि स्वातन्त्र उम्मेदवारी घोषणा गर्न लागेको बताएका छन् ।
यद्धपि मुकारुङका निकटरहेका पत्रकार तथा साहित्यकार राजन समीपका अनुसार लेखक मुकारुङ र माओबादी केन्द्रका नेतृत्वबीच अहिले पनि छलफल भैरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण