शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कामपाका १३ स्थानमा मतगणना

शुक्रबार, ०५ जेठ २०७४, २० : ४०
शुक्रबार, ०५ जेठ २०७४
काठमाडौ, जेठ ५ – काठमाडौँ महानगरपालिकामा १३ स्थानमा आजदेखि मतगणना सुरु गरिएको छ । थप तीन वटा वडाको मतगणना आज सुरु गरिएको सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ५, ६ र ७ को मतगणना गर्न थालिएको हो । यसअघि महानगरका वडा नं २ देखि ४ र वडा नं २५ देखि ३२ वडाका ११ स्थानमा मतगणना सुरु गरिएको थियो । अहिलेसम्म वडा नं १ र २ को मतमणना मात्र सकिएको छ । यसैगरी कामपाको मतगणनामा अहिलेसम्म नेकपा ९एमाले०को अग्रता कायमै छ । महानगरपालिका प्रमुखमा नेकपा (एमाले) का विद्यासुन्दर शाक्य ११ हजार पाँच सय ५९ मतसहित अग्रस्थानमा हुनुहुन्छ । नेपाली काँग्रेसका राजुराज जोशीले सात हजार पाँच सय ५४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले चार हजार पाँच सय २५ मत, साझा पार्टीका किशोर थापाले तीन हजार पाँच सय ४६ र नेकपा (माओवादी केन्द्र)का सर्वोत्तमदास डङ्गोलले एक हजार तीन सय १० मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले १० हजार दुई ८६, राप्रपाका राजाराम श्रेष्ठले छ हजार दुई सय ४६ र साझा पार्टीकी निरुपमा यादवले दुई हजार एक सय ९५ प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप