शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चन्द्रागिरि–१० र ११ मा एमाले विजयी

शुक्रबार, ०५ जेठ २०७४, २० : ५०
शुक्रबार, ०५ जेठ २०७४
काठमाडौँ, जेठ ५ – चन्द्रागिरि नगरपालिकाको पछिल्लो मतगणनानुसार वडा नं १० र ११ मा नेकपा (एमाले) का समूह विजयी भएका छन् । वडा नं १० का वडाध्यक्षमा गोपालकृष्ण महर्जन ६९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पञ्चबहादुर महर्जनले ४७८ मत प्राप्त गर्नुभएको छ । सदस्यमा सीता महर्जन, कान्छी नेपाली, मनोजकुमार महर्जन र भेषनाथ उपाध्याय निर्वाचित हुनुभएको छ । वडा नं ११ का वडाध्यक्षमा हरिभक्त महर्जन ३५७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गौतम श्रेष्ठले ३१४ मत प्राप्त गर्नुभएको छ । सदस्यमा कृष्णदेवी महर्जन ९प्रजापति०, राधिका मिजार सार्की, पूर्णगोपाल श्रेष्ठ र तीर्थराज काफ्ले निर्वाचित हुनुभएको छ । प्रमुखको मतगणनामा हालसम्म काँग्रेसका घनश्याम गिरीले आठ हजार ८४१ र एमालेका प्रह्लाद कार्कीले छ हजार ३०४ मत प्राप्त गर्नुभएको छ । हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले सात हजार ३१३ र एमालेका लीसा नकर्मीले सात हजार ५५ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिनुभयो । कुल १५ वडा रहेको नगरपालिकामा ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । वडा नं १३ को मतगणना जारी छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप